जनकपुर ।। नेकपा एमालेको मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन्।
उनले शंकाको सुविधाकै आधारामा एमालेले प्रदेश सरकारलाई विश्वासको मत दिएको बताए ।
एमालेले मधेस प्रदेशको ईन्चार्जको जिम्मेबारी दिएपछि पहिलो पटक जनकपुरधाम आई पुगेका भट्टराईले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यो प्रदेश मानवीय सूचकांकमा सबैभन्दा पछाडी परेकाले यहाँ विकासको खाँचो रहेको बताए ।
मधेस प्रदेश आर्थिक, सामजिक रुपमा पछाडी परेको प्रदेश रहेकाले यहाँ विकासमा अवरोध बन्नु हुँदैन सोचेर नै मुख्यमन्त्रीजीलाई विश्वासको मत दिएको उनले बताए। एमालेका सचिव समेत रहेका भट्टराईले मुख्यमन्त्रीलाई विश्वासको मत दिने कुनै राजनीतिक लेनदेन नभएको जिकिर गरे ।
यस्तै, नागरिकता समस्या समाधान गर्नकालागि फेरी नयाँ विधेयक नै ल्याउनु पर्ने भट्टराईले स्पष्ट पारेका छन्। जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको स्पष्ट धारणा रहेको भन्दै उनले वर्तमान सरकारले प्रमाणीकरण गराएको विधेयकमा आफूहरूको केही विषयमा आपत्ति रहेको बताए
। एमाले नागरिकता समस्या समाधान संविधानबाटै हुनुपर्छ त्यसका लागि लडेको दल रहेको भन्दै उनले नागरिकतामा प्रादेशिक पहिचान खुल्नु पर्ने, वैवाहिक अंगिकृत नागरिकता पाउनका लागि केही समयावधि तोक्नै पर्ने आफुहरुको माग रहेको बताए ।
शंकाको सुविधा दिएर मधेसमा एमालेको विश्वासको मत दिइयो : योगेश भट्टराई
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।