काठमाडाैं ।। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् । तत्काल बाबुरामको नेसपाबाहेक चार दलको मोर्चा भन्ने समाचार आइरहेका बेला प्रधानमन्त्रीलाई भेट्न शुक्रवार बिहान बाबुराम बालुवाटार पुगेका हुन् ।
भेटपछि सामाजिक सञ्जालमा लेख्दै उनले गम्भीर छलफल गर्नुपर्नेमा बाहिर चलेका हल्लामा विश्वास नगर्न आग्रह गरेका हुन् । ‘प्रम पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टिआरसीलगायत शान्तिप्रक्रिया बॉकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चालगायत विविध विषयमा विहंगम कुराकानी !’ बाबुरामले भनेका छन्, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायत उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार,नीति,कार्यक्रम,संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह !’
तत्काल माओवादी केन्द्र, जसपा, नेकपा एस र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा नेपाल गठनको विषय अगाडि बढेको छ । तर गत चुनाव नै माओवादीसँग मिलेर लडेको नेसपा पछिल्लो समय प्रधानमन्त्री र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहेको बताइन्छ ।
प्रधानमन्त्रीसँग भेट गर्दै भट्टराईले आफू पनि मोर्चाको पक्षमा रहेको भन्दै गम्भीर छलफल गर्नुपर्ने बताएका हुन् ।
समाजवादी मोर्चा सम्भव छ, गम्भीर बनौं- डा. बाबुराम भट्टराई
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।