काठमाडौँ ।। नेपालका ८ प्रतिशत सर्वसाधारणको घरमाअझै विद्युत नपुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । खासगरि सुदूरपश्चिमप्रदेश र कर्णाली प्रदेशका अधिकांश जिल्ला र अन्य प्रदेशका केही क्षेत्रमा विद्युत सेवा पुगेको छैन । नेपाल विद्युत प्राधिकरणले दुई वर्ष भित्र देशभर विद्युत पु¥याउने लक्ष्यका साथ काम भइरहेको जनाएको छ । विद्युत सेवा विस्तारका लागि प्रदेश सरकार र स्थानीय तहले पनि काम गरिरहेको छ । कर्णाली प्रदेशको भौतिकपूर्वाधार, उर्जा तथाजलस्रोत मन्त्रालयले विद्युत सेवा विस्तार गर्न यस वर्ष २८ करोड बजेट विनियोजन गरेको मत्रालयका सिनियर डिभिजनल इन्जिनियर गोपाल शर्माले जानकारी दिनुभयो । मुगुको छायाँनाथ रारा नगरपालिकाले यसै वर्ष २० किलोवाटको लघु जलविद्युत आयोजना निर्माण गर्दैछ भने ९० किलोवाटको अर्को आयोजना निर्माण गर्न साढे २ करोड बजेट विनियोजन गरेको नगर प्रमुख विष्णु कुमार भामले जानकारी दिनुभयो । अहिले करिब ५५ लाखजना नेपाल विद्युत प्राधिकरणका ग्राहक छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here