काठमाडौं ।। नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० लाखको बिमा दाबी भुक्तानी गरिएको छ। आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बिमा गरेका थिए । उनले २०७७ मंसिर ३० गते सो कम्पनीमा ५० लाखको धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा गराएको र २ किस्ता बापत ६ लाख ९३ हजार ६ सय रुपैयाँ बीमाशुल्क बुझाएको कम्पनीले जनाएको छ । बिमाबाफत कम्पनीले ५० लाख १२ हजार १९४ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।