रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा सञ्चालन रहेको फुलतारा डेरी उद्योगको संचालक माथि कÞानूनी कार्यवाहीको मांग गर्दै विश्व हिन्दू परिषद् नेपाल जिल्ला कार्य समिति रौतहटले बुधवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
दूधमा अखाद्य बस्तु मिसाएर विक्री वितरण गर्ने डेरी उद्योगको संचालक माथि कार्यवाही गर्न परिषद्ले ज्ञापन पत्र बुझाएको हो । जिल्ला अध्यक्ष रामा शंकर यादवको नेतृत्वमा गएको टोलीले निमित प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईलाइ ज्ञापन पत्र बुझाएको छ ।
दूध ,घ्यू ,मिठाई लगायतका खाद्य सामग्रीमा पशुको बोसो र केमिकल मिसाएर विक्री वितरण गरिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मंगलवार छापामारी गरी १० क्यून्टल भण्डारण गरेको अवस्थामा केमिकल बरामद गरेको थियो ।
डेरी संचालकले भैसीको बोसो प्रयोग गरेर हिन्दू धर्म माथि प्रहार गर्न खोजेकोले सूक्षम रुपमा अनुसन्धान गरी कड़ा कÞानूनी कार्यवाही गर्नु पर्ने मांग गरेका छन । कार्यवाही नगरिए कड़ा रुपमा आन्दोलन गर्ने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिएको छ ।
ज्ञापन पत्र बुझ्दै निमित प्रमुख जिल्ला अधिकारी चापागाईले बरामद भएको अखाद्य बस्तुको परिक्षण गराई कÞानूनी कार्यवाही गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
डेरी संचालक माथि कार्यवाही गर्दै हिन्दू परिषद्को ज्ञापन पत्र
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।