रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ५ मा संचालन रहेको फुलतारा डेरी उद्योगलाइ सील गरी पक्राउ परेका ४ जनाको नाउ प्रहरीले सार्वजानिक गरेको छ ।
डेरी उद्योग संचालकले खाद्य बस्तुमा अखाद्य बस्तु मिसाएर विक्री वितरण गरी रहेको सुचनाको आधारमा प्रहरीले मंगलवार उद्योगमा छापामारी गरी ठूलो मात्रामा अखाद्य बस्तु केमिकल र बोसो बरामद गरेको थियो ।
स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेको रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर १ पिपरा भगवानपुर निवासी डेरी उद्योग संचालक शेख समीम , संचालकको भाई २७ बर्षीय मोहमद मतीउल्लाह ,बच्चा खानको २४ वर्षीय छोरा ईफान खान र गरुडा नगरपालिका ८ बस्ने शेख फकीरको २३ वर्षीय छोरा मोहमद समसे आलमको नाउ प्रहरीले सार्वजानिक गरेको हो ।
अखाद्य बस्तु केमिकल र बोसोको परिक्षण गर्नको लागि खाध प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवाको टोलीले नमूना लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय , गौर नगरपालिका , कर कार्यालय , रौतहट उद्योग बाणिज्य संघ , राष्ट्रिय अनुसन्धान , वड़ा अध्यक्ष तथा पत्रकारको रोहावरमा नमूना संकलन गरी पुनः डेरी उद्योगलाइ सील गरिएको प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादवले जानकारी दिएका छन ।
भैसीको बोसो तथा भारतबाट केमिकल ल्याएर दूध , दही , घ्यू , मिठाई ,केक लगायतका खाने सामान बनाएर विक्री गर्ने गरेको उद्योगको सुरक्षाको लागि प्रहरी परिचालन समेत गरिएको छ ।
४ बर्ष देखि सञ्चालन रहेको उक्त उद्योगका संचालकले अखाद्य बस्तु मिसावट गरी त्यार पारिएको परिकार गौर लगायत काठमांडू समेत पठाउने गरेको बुझिएको छ ।
बरामद भएको अखाद्य बस्तुको नमूना परिक्षणको लागि लागियो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।