काठमाडाैं ।। ‘मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूका रुपमा सिमसार क्षेत्रहरूको जगेर्ना’ भन्ने मुल नाराका साथआज विश्व सिमसार दिवस मनाइँदैछ । दिवसको अवसरमा विशेष कार्यक्रम हुँदैछन् । विश्व रामसार सूचीमा कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से–फोक्सुन्डो ताललगायत १० ओटा सिमसार क्षेत्र दर्ता भएका छन्् । भने नेपालमा करिब ४ हजार सिमसार क्षेत्र रहेको अनुमान गरिएको छ । पछिल्लो समय बढ्दै गएको सहरीकरण, जलवायु परिवर्तनका कारण सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ । तर पनि प्रभावकारी रुपमा काम हुन सकेको छैन । पर्यावरण र जलाधारका लागि महत्वपूर्ण मानिने सिमसार पानी र जमिन मिश्रित दलदल भू–भाग हो । जुन बाह्रै महिना ओसिलो र धापिलो हुन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here