विरगन्ज ।। स्रोत नखुलेको रकमसहित पर्सामा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दुई जनालाई साढे २२ लाख रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।
वीरगन्ज महानगरपालिका-१६ नगवा बस्ने ३४ वर्षीय विकास साह र वडा १८ इनर्वा मनियारी बस्ने १९ वर्षीय सुवासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। मंगलबार वीरगन्ज महानगरपालिका-८ घण्टाघरस्थित सडकमा उनीहरू सवार भारतीय नम्बरको स्कुटरमा प्रहरीले चेक गरेको थियो । चेक गर्ने क्रममा पछाडि सवार सुवासकुमार साहले बोकेको झोलाबाट साढे २२ लाख नेपाली रुपैयाँ फेला पारेको हो। स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
हुन्डी कारोबार गरेको आरोपमा उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here