काठमाडौँ ।। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत आठ वर्षमा देशभर १ लाख ८६ हजार २ सय ७७ सवारी साधन दुर्घटना भएका छन् । जसबाट २० हजार भन्दा बढिको मृत्यु भयो । चालु आर्थिक वर्षको ६ महिनामा ७ सयभन्दा बढीको सवारी साधन दुर्घटनाकै कारण मृत्यु भएको छ । दुर्घटनाको पछिल्ला छानबिन र प्रतिवेदनका तथ्यलाई आधार मान्ने हो भने ७५ प्रतिशत भन्दा बढी दुर्घटनाको कारण, चालकको लापरबाही देखिएको यातायात विज्ञ आशिष गजुरेलको भनाइ छ । यान्त्रिक गडबडी, सवारीसाधनको नियमित मर्मत नहुनु, सडकको अवस्था र ट्राफिकसम्बन्धी नियम पालना नगर्नु जस्ता कारण दुर्घटना घट्न सकेको छैन । सवारी तथा व्यवस्था ऐन २०७५ का अनुसार वर्षमा दुईपटक सवारी साधनको यान्त्रिक परीक्षण गरेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्छ । तर यो नियम कार्यान्वयन छैन । सन् २०२० सम्म सडक दुर्घटनाबाट हुने क्षति ५० प्रतिशत घटाउने संयुक्त राष्ट्रसङ्घको लक्ष्यलाई नेपालले ८ बर्ष अघि नै अनुमोदन गरेको थियो । तर पछिल्लो आठ वर्षयता दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या ३० प्रतिशत बढेको छ । सरकारले सन् २०३० सम्म दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या घटना ७ सयमा झार्ने लक्ष्य लिएको छ । तर सडक सुरक्षाबारे हेर्ने निकाय एउटै नहुदा नीति निर्माण र कार्यान्वयनको विषय अन्योलमा छ । हवाई दुर्घटना भएसँगै दुर्घटना कम गराउने उपायको बारेमा छलफल हुने गरेको छ । आयोग र अध्ययन प्रतिवेदन बन्छन् । तर हवाइ दुर्घटना पनि कम हुन सकेको छैन । नेपालमा मौसमको खराबी वा मानवीय त्रुटिका कारण हवाइ दुर्घटना हुने गरेको विमानस्थमा आधुनिक उपकरणको अभाव, पुराना जहाज, जहाजमा उपयोगी प्रविधि जडान नगरिनु, दक्ष जनशक्तिको अभाबका कारण दुर्घटना कम हुन नसकेको हवाई विज्ञ राजकुमार क्षेत्री बताउनुहुन्छ । दुर्घटनापछि बनेका छानविन आयोगले निकालेको निचोड र सुझावहरू अध्ययन भइ कार्यान्वयन नहुँदा पनि हवाइ दुर्घटना दोहोरिने गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here