जनकपुर ।। लुम्बिनी प्रदेशमा उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । उपसभामुखका लागि आज हुने चुनावका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभामुखमा राप्रपाबाट मेनुका खाँण केसी, काँग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सत्ता गठबन्धनले उपसभामुखमा राप्रपाका केसीलाई समर्थन गर्ने निर्णय गरे पनि नागरिक उन्मुक्तिले छुट्टै उम्मेदवार अघि सारेको छ । गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमति भएको थियो । नागरिक उन्मुक्तिले प्रदेश सरकारमा कम्तीमा दुई मन्त्रालयमा दावी गर्दै आएको छ । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध चयन हुनुभएको छ ।
मधेस प्रदेश सभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत आज लिने तय भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसअघि हिजै बैठक बस्ने तयारी भएपनि राष्ट्रिय शोक बिदा दिएकाले बैठक आजलाई सारिएको हो ।
लुम्बिनी र मधेस प्रदेशमा उपसभामुखका लागि आज निर्वाचन हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।