एजेन्सी ।। श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देश छाड्नुभएको छ । सर्वसाधरणको विरोधपछि ७३ वर्षका राष्ट्रपति राजापाक्षेले देश छाड्नुभएको हो । उहाँ स्थानीय समय अनुसार राति ३ बजेतिर माल्दिभ्सको राजधानी माले पुग्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर लेखेका छन् । राजपाक्षेको विदाईले श्रीलङ्कामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको खबरमा उल्लेख छ । गत शनिबार राष्ट्रपति निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि राजापाक्ष लुकेर बस्नुभएको थियो । उहाँका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको स्रोतलाई उदृत गर्दै बीबीसीले खबर लेखेको छ । उहाँ अमेरिका जाँदै गरेको खबरमा उल्लेख छ । यसैबीच राष्ट्रपति राजापाक्षेको स्थान लिन आफू तयार भएको प्रमुख प्रतिपक्षी दल समाजी जान बालावेगायाले घोषणा गर्नुभएको छ । आर्थिक सङ्कट र बढ्दो विवादका बीच बालावेगायाले राष्ट्रपति राजापाक्षेको स्थान लिन आफू तयार भएको घोषणा गर्नुभएको हो । आफूलाई आफ्नो दलसहित अन्य दलको समेत समर्थन रहेको उहाँको दाबी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here