काठमाडौँ ।। मुलुकको बढ्दो आयात र घट्दो विदेशी मुद्रा सञ्चितिको अवस्थालाई लिएर चिन्ता बढ्दै गएको छ । नेपालको अवस्था पनि श्रीलङ्काको जस्तै हुने होकी भनेर पछिल्लो समय हल्ला हुन थालेको छ । श्रीलङ्काको गलत नीति र अनियमितताका कारण देश नै ठूलो सङ्कटमा परेको छ । त्यहाँका दुई करोड १५ लाखभन्दा बढी नागरिक खाद्यान्न, इन्धन, ग्यास र अत्यावश्यक अन्य वस्तुको अभावबाट गुज्रिरहेका छन् । श्रीलङ्कामा आर्थिक सङ्कट आउनुको प्रमुख कारण, बजेट कटौती, विभिन्न आर्थिक प्रतिबन्ध, उत्पादनमा कमी, विदेशी मुद्रा भण्डारण ३० प्रतिशतमा झर्नुलाई मानिएको छ । अर्को, राजनीतिक अस्थिरताका कारण पनि श्रीलङ्काको अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित बनाएको एकजना अर्थ क्षेत्रका जानकार प्राध्यापक डा.रघुराम बिष्टले बताउनुभयो । नेपालको अर्थतन्त्रमा पछिल्लो समय निकै उतारचढाव देखिन थालेपछि श्रीलङ्कामा देखिएको आर्थिक सङ्कटलाई नेपालसँग जोडिएर हेर्न थालिएको छ । नेपालको ९० प्रतिशत आवश्यक र अनावश्यक वस्तु आयातमै निर्भर छ । भ्रष्टाचार र अनियमितताले सरकारी ढुकुटी रित्तिने अवस्थामा पुगे पनि सरकारले श्रीलङ्काको अवस्था आउन सक्ने भनेर हल्ला गर्न नपर्ने बताईरहेको छ । त्यसैले मुलुकलाई श्रीलङ्काको जस्तो अवस्थामा जान नदिने आधारहरूको बारेमा जनतालाई जानकारी गराउन विज्ञहरूको सुझाव छ ।
मुलुकको बढ्दो आयात र घट्दो विदेशी मुद्रा सञ्चितिको अवस्थालाई लिएर चिन्ता बढ्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।