काठमाडौँ ।। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदका लागि यही असार ३१ गतेका लागि चुनावको मिति तोकेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।
निर्देशनलगत्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले सुचना निकालेर उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन दिउँसो १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आव्हान गर्ने र ३१ असारमा बस्ने बैठकबाट उपसभामुख चयन गर्ने तालिका तय भएको जनाएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।