काठमाडाैं ।। भोलि हुने स्थानीय तह निर्वाचनका लागि मतदाता परिचयपत्र वितरणको काम आज पनि जारी छ । नयाँ थपिएका मतदातालाई हिजोबाट परिचयपत्र वितरणसँगै भोट हाल्ने सहि तरिका सिकाउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । हिजो मतदाता परिचयपत्र लिन छुटेकाहरूलाई आजपनि परिचयपत्र वितरण र मतदाता शिक्षाको काम जारी रहने आयोगले जनाएको छ । त्यसका लागि ७५३ पालिकाका १० हजार ७ सय ५६ मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ । मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने छ । नयाँ मतदाता परिचय पत्र लिन आउने नागरिकलाई अनिवार्य मतदानसम्बन्धी शिक्षा दिएर पठाउने गरिएको छ । आयोगका अनुसार आजसम्म १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकलाई भोलि हुने चुनावमा मतदात गर्ने अधिकार दिएको छ । तर उनीहरूको नाम मतदाता नामावलीमा समावेश हुनुपर्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here