काठमाडाैं ।। मौसम पूर्वानुमान महाशाखाकाले यो वर्षको मनसुनमा धेरै ठाउँमा औसतभन्दा बढी पानी परेको बताएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले यो वर्षको मनसुनमा अधिकांश स्थानमा औषतभन्दा धेरै पानी परेको जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन सुरुवादी चरणदेखि नै सक्रिय हुँदा यो वर्ष औषतभन्दा धेरै पानी परेको हो । गत वर्षसम्म मनसुन जुन १० मा नेपाल भित्रिएर सेम्टेम्बर २३ मा बाहिरिने गरेको थियो । तर, यो वर्ष गरिएको अद्यावधिक अनुसार जुन १३ मा नेपाल प्रवेश गर्ने मनसुन अक्टोबर २ मा नेपालबाट बाहिरिन्छ । यो मिति प्रत्येक १० वर्षमा अद्यावधिक गरिँदै आएको महाशाखाले जनाएको छ । मनसुन बाहिरिन अझै कम्तिमा एक हप्ता लाग्ने देखिएको छ । तर, आज र भोलिको भन्दा पर्सी बादल लाग्ने र पानी पर्ने क्रम केही बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मौसमविद् बासीका अनुसार बङ्गालको खाडीमा बनेको चक्रवातको आंशिक प्रभावले पर्सी धेरै पानी पर्ने छ । तर, भारी वर्षाको सम्भावना भने निकै कम रहेको पनि उहाँले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।