काठमाडाैं ।। प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका लक्ष्य तोके पनि लगानी अभावमा काम गर्न नसकेको बताउनुभएको हो । आज लगानी बोर्ड नेपालको १० औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताउनुभयो । विषम परिस्थितिमा लगानी बोर्डले लगानी भित्¥याउन उल्लेख्य काम गरिरहेको पनि उहाँको दाबी छ । प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गराउन आवश्यक रहेको बताउनुभयो । निजी क्षेत्रको लगानीको आवश्यकता राष्ट्रिय गौरवको परियोजना भएकाले अब सार्वजनिक–निजी साझेदारी पीपीपी अवधारणा अन्तर्गत काम अघि बढाउनुपर्नेमा प्रधामन्त्रीको जोड थियो । राजनीतिक स्थायित्व प्राप्त भएसँगै नेपाल आर्थिक वृद्धिको यात्रातर्फ अघि बढेको र नेपालले सन् २०२३÷२४ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्र बन्ने चाहना राखेको हुँदा २०३० सम्म आयकर वृद्धि भएको राष्ट्रको रुपमा रुपान्तरित हुने नीति राखेको प्रधानमन्त्रीले बताउनुभयो ।
लगानी अभावमा विकासकाे काम गर्न नसकेको प्रधानमन्त्री देउवाको भनाइ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।