बाँके ।। बाँकेको जानकी गाउँपालिका गनापुरमा खुल्ला कारागार सञ्चालनको तयारी भएको छ । ३२ कैन्दीबन्दीे क्षमतासहित निमार्ण गरिएको कारागार नेपालको पहिलो खुल्ला कारागार हो । खुल्ला कारागारमा राखिने कैदी बन्दीहरूले कारागारभन्दा बाहिर गएर पनि काम गर्न पाउने र परिवारसँग बस्न पाउने सम्मका सुविधा पाउँछन् । कारागार व्यवस्था विभाग अहिले खुल्ला कारागार सञ्चालनको लागि आवश्यक कार्यविधि बनाउनका लागि छलफलमा जुटेको छ । फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वय ऐन २०७४ मा कैदीबन्दीलाई खुल्ला कारागारमा राख्न सकिने व्यवस्था गरिएको हुनाले खुल्ला कारागार सञ्चालनको तयारीमा लागेको कारागार व्यवस्था विभागका महानिर्देशक जनकराज दाहालले सीआईएनलाई जानकारी दिनुभयो । फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वय ऐन २०७४ मा कैद अवधिको दुई तिहाइ अवधी भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई अदालतको आदेशमा खुल्ला कारागारमा राख्न सकिने उल्लेख छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here