काठमाडाैं ।। राजधानीलगायत देशका विभिन्न भागमा दिनहुँ कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीसीएमसीले ‘ब्रिफिङ’ गरेको छ । कोभिड–१९ सङ्क्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो । अहिलेको भयावह अवस्थामा के गर्न सकिन्छ भन्दै सरोकारवाला सबैको उपस्थितीमा त्यस्तो जानकारी गराउने र कस्तो रणनीतिमा सरकार अघि बढ्ने भनेर छलफल भएको थियो । सीमामा आउजाउमा कडाई, हवाई उडानमा पनि नियन्त्रण र लकडाउन नै उत्तम उपाए भएको सुझाव पनि कतिपय विज्ञले दिएका छन् । जसरी हुन्छ व्यक्तिको आउजाउ कम गराउन पर्ने सुझाव सीसीएमसीको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोरोना भाइरस सङ्क्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
Home मुख्य समाचार कोरोना भाइरस विरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाहीः...
कोरोना भाइरस विरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाहीः प्रधानमन्त्री ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।