रौतहट ।। रौतहट प्रहरीले बुधवार देखि मास्क नलगाउने व्यक्तिलाइ कार्यवाही गरि जरिवाना गरेको छ । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन समिति को निर्णय अनुसार मास्क प्रयोग नगर्नेलाइ पहिलो पटक एक सय रुपैया जरिवाना गर्ने कार्य शुरुवात गरेको हो ।
बढ्दै गएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न मास्कको प्रयोगलाइ निरन्तरता दिन प्रहरीले निगरानी बढाए पछि मास्क प्रयोग गर्ने हरुको संख्यामा वृद्धि भएको छ ।
मास्क नलगाउदा संक्रमित हुने खतरा रहेकोले नियमित रुपमा मास्कको प्रयोग गर्न प्रहरीले ६०० जना पुरुष तथा ३१० जना महिलालाइ १ घण्टा रोकेर मास्क लगाउन लाइ सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिलो दिन ४५ जना पुरुष र ९ जना महिलालाइ मास्क प्रयोग नगरेको आरोपमा एक सय रुपैयाका दरले जरिवाना गरि ५ हजार ४ सय रुपैया असुली गरिएको प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह ले जानकारी दिएका छन । मास्क प्रयोगले संक्रमणबाट बच्न भएकोले मास्कको प्रयोग गरेर आवागमन गर्न सवैलाइ प्रहरीले आग्रह गरेको छ ।
बैशाख महिनामा रौतहट जिल्लामा कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएकोले चिन्ताको विषय बनेको छ । एक हप्तामा ३४ जना संक्रमित भएकोले सुरक्षाको मापदण्ड पालना प्रति कडाइ गरिएको प्रहरी उपरीक्षक शाहले जनाए । प्रहरीले निगरानी बढाए पछि गौरमा आउने हरुले मास्कको प्रयोग गरेको देखिएको थियो । अन्य दिनको तुलनामा बुधवार ग्रामिण भेगबाट आउनेहरुले पनि मास्कको प्रयोग गरेको थियो ।
मास्कको प्रयोग नगर्नेलाइ प्रहरीले जरिवाना गर्ने भनि त्रासले स्थानीयहरूले मास्क लगाउन थालेको हो । कोभिड १९ विरुद्धको खोप लगाएपनि मास्कको नियमित प्रयोग , सरसफाई , भौतिक दुरी नितान्त रहेको छ । मास्कको प्रयोगले हावाको मध्यमबाट फैलिने संक्रमणबाट जोगाउने चिकित्सकहरुको भनाइ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here