एजेन्सी ।। कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा स्थिति भयावह बन्दै गएको छ । दैनिक कोरोना सङ्क्रमित थपिने दर बढ्दै जादा भारतका विभिन्न राज्य र शहरहरुमा प्रतिबन्ध लगाउन थालिएको छ । यसैक्रममा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा आज रातीदेखि क¥फ्यू जारी गरिने भएको छ । कोरोना सङ्क्रमणको बढ्दो दरलाई ध्यानमा राखी महाराष्ट्रमा आज रातीदेखि धारा १ सय ४४ लागू हुने महाराष्ट्र सरकारले बताएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले पुरै राज्यभरि नै रात्रीकालीन क¥फ्यू लागू भएपनि लकडाउन भने नहुने बताउनुभयो । साथै उहाँले अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने र अनावश्यक घरभन्दा बाहिर ननिस्कन र भिडभाड नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।