काठमाडाैं ।। तराई मधेशमा आज सातु खाएर नयाँ वर्ष मनाइँदैछ । नयाँ वर्ष सुरु भएकै दिन अर्थात् वैशाख १ गतेका दिन तराई मधेशमा सातु खाने प्रचलन छ । तराई मधेशमा आजको दिन चना र जौको सातु गुड, चिनी वा नुनसँग मिसाएर खाने परम्परा सदियौंदेखि चलि आएको छ । गर्मी याम सुरु हुन लाग्दा खाने सातुको आफ्नै महत्त्व छ । सातुको नियमित सेवनले अनेक स्वास्थ्य फाइदा हुने गर्छ । गर्मी लागेसँगै खाइने सातुले स्वास्थ्यमा विभिन्न फाइदा हुने भएकाले आजको दिन सातु खाने गरिएको संस्कृति विज्ञ डा. राजेन्द्र विमलको भनाइ छ । सातु स्वादका लागि मात्र प्रसिद्ध छैन स्वास्थ्यको दृष्टिकोणले पनि सातुको सेवनलाई निकै लाभदायक मानिने गरेको उहाँले बताउनुभयो । सातुमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ र गर्मीमा शरीरलाई चिसो बनाइ राख्न मद्दत गर्ने हुँदा पनि सातु खानु उत्तम मानिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here