एजेन्सी ।। भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवं समाजवादी पार्टीका नेता अखिलेश यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। अखिलेशले आफूलाई कोरोना संक्रमण भएको ट्विटरमार्फत जानकारी दिएका छन्।
कोरोना परीक्षणको मेरो रिपोर्ट पोजेटिभ आएको छ। मैले आफूलाई सबैबाट अलग गरिसकेको छु। घरमै उपचार सुरू भएको छ,’ अखिलेशले ट्विटरमा लेखेका छन्। आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन पनि उनले आग्रह गरेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












