काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म ८ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ११ जनाको पिसिआर परीक्षण गर्दा १ सय १२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ५३ हजार ६ सय ३६ पुगेको छ।
त्यस्तै पछिल्ला २४ घण्टामा ८४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय २३ पुगेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्ला २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप ७३ जना समावेश गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ६७ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा १ सय १२ जना कोरोना संक्रमित थपिए
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।