काठमाडाैं ।। भारत र पाकिस्तानका सेनाबीच भएको वार्तापछि दुवै पक्ष वास्तविक नियन्त्रण रेखा (एलओसी) र अन्य क्षेत्रमा २४–२५ फेब्रुअरीको मध्यरातिदेखि सङ्घर्ष विराम गर्ने विषयमा सहमति भएको छ ।
भारत र पाकिस्तानको तर्फबाट नियन्त्रण रेखामा लगातार सङ्घर्ष विरामको उल्लङ्घन भइरहेको अवस्थामा दुवै देशको सेनाका डीजीएम (सैन्य अभियानका महानिर्देशक) बीच यस विषयमा कुराकानी भएको हो ।
सङ्घर्ष विरामकाे उल्लङ्घनका कारण दुवैतर्फको नियन्त्रण रेखा नजिकका गाउँ पूर्णरुपमा प्रभावित भइरहेका थिए ।

दुवै देशका सेनाले एक संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘दुवै पक्षले नियन्त्रण रेखा र अन्य क्षेत्रमा सबै सम्झौता, आपसी समझदारी र सङ्घर्ष विरामलाई २४–२५ फेब्रुअरीको मध्यरातिदेखि कडा रुपमा पालना गर्नेछन् ।’
दुवै देशका सेनाले कुराकानीका क्रममा नियन्त्रण रेखा र अन्य क्षेत्रको परिस्थितिका बारेमा छलफल गरेका छन् । दुवै पक्षका सेनाले हटलाइनको माध्यमबाट कुराकानी गरेका हुन् ।याे समाचार उज्यालाे अनलाइन खबरमा छापिएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here