काठमाडाैं ।। घरेलु टिम पाकिस्तानले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज जितेको छ । लाहोरमा गयराति सम्पन्न भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज २–१ ले जितेको हो । दक्षिण अफ्रीकाले दिएको १ सय ६५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाउनुभयो । दक्षिण अफ्रीकाका ताम्ब्रेज साम्सीले ४ विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । दक्षिण अफ्रीकाका लागि डेभिड मिलरले अविजित ८५ रन बनाए । यस्तै जानिमन मालनले २७ रन जोड्दा पिटी भान बिल्जोनले १६ रन बनाउनुभयो । सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तानले ३ विकेटको जित निकालेको थियो । दोस्रो खेल भने दक्षिण अफ्रीका ६ विकेटले विजयी भएको थियो ।
दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज पाकिस्तानलाई
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।