काठमाडाैं ।। अफगानिस्तानमा रक्षामन्त्रीका छोरा र सवारी चालकको हत्या गरिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार रक्षामन्त्री जनरल अब्दुल रहीम वार्डका पाँच वर्षका छोरा र सवारी चालक मोहम्मद अफ्जालको राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा हत्या गरिएको हो । देशका शान्ति स्थापनाका लागि प्रयासहरू भइरहेका बेला अफगानिस्तानमा यो हिंसात्मक घटना हुँदा सर्वसाधारण त्रासमा छन् । हत्या घटनाको अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरूले बताएको बीबीसीले लेखेको छ । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरू भइरहे पनि सफलता मिल्न सकेको छैन ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।