काठमाडाैं ।। म्यानमारमा सैनिक कूपछि सेनाले सडकमा बख्तरबन्द गाडी तैनात गरेको छ । निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको सेनाले म्यान्मारका अधिकांश शहरमा बख्तरबन्द गाडी तैनात गरेको छ । विपक्षीप्रति थप कडा हुँदै सेनाले इन्टरनेट सेवा पूर्ण रुपमा बन्द गरेको छ । नेपाली समय अनुसार गयराति सवा १२ बजेदेखि सेनाले इन्टरनेट सेवा पूर्ण रुपमा बन्द गरेको हो । नेतृ आङ साङ सूचीसहितलाई पक्राउ गरि सेनाले फेब्रवरी १ मा सत्ता आफ्नो कब्जामा लिएको थियो । त्यसपछि विरोधमा सर्वासाधारण, पेशाकर्मी, भिक्षुसहित विरोधमा उत्रिएका छन् । हिजो लगातार नवौँ दिन विरोध प्रदर्शन जारी रह्यो । सुरक्षाकर्मीले उत्तरी राज्य काचिनमा प्रदर्शनकारीमाथि गोली चलाएको स्थानीय स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विरोध बढ्दै गएपछि सेनाले हतियारले सुसज्जित गाडीसहित सडकमा तैनाथी बढाएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here