जनकपुर ।। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी विज्ञप्तिमार्फत मुख्यमन्त्री राउतले देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायुका साथै उत्तरोतर प्रगतिको कामनासमेत गरेका हुन्।
मञ्जुश्री पात्रोअनुसार माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वले सामाजिक एकतालाई थप बलियो बनाउने उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस्ता चाडपर्वले भातृत्वको सन्देश दिने उल्लेख गरेका छन्। साथै उनले विश्वमै नेपाली एकतासमेत उजागर भएकाले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।