सर्लाही ।। सर्लाहीको पर्सा गाउँपालिकामा नालामा खसेर एक बालकको मृत्यु भएको छ।
पर्सा गाउँपालिका–५ निवासी ब्रम्हदेव साहको ३ वर्षीय छोरा हिमान्सु साहको नालामा खसेर मृत्यु भएको हो। खेल्ने क्रममा एक्कासी हराएका हिमान्सुको खोजी गर्ने क्रममा आफ्नै घर अगाडीको नालामा विहीबार साँझ ५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।