मुम्बइ ।। बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट फिल्म उद्योगकै सुन्दर जोडी मानिन्छन् ।

अहिले यो जोडी पुनः एकपटक चर्चामा आएका छन् । अभिनेत्री आलियाले सामाजिक सन्जालमार्फत रणवीरले मंगलबारबाट आफनो पहिरनहरु च्यारिटीका लागि बेच्ने तयारीमा रहेको जानकारी दिएकी छन् ।

‘रणवीरले आफ्नो पहिरन बिक्री गरेर जुन रकम प्राप्त गर्छन्, त्यो रकम क्यान्सर पीडित बालबालिकाको सहयोगका लागि प्रयोग गरिनेछ’, आलियाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘पहिरनको बिक्री बुधबारबाट शुरु हुनेछ । यसबाट आउने रकम क्यान्सरपीडित बालबालिकाका लागि पोषण आहार किन्न खर्च गरिनेछ ।’

आलियाका अनुसार रणवीरको यो अभियानमा कडल्स फाउण्डेसनले सहयोग गर्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here