काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्य प्रति आपत्ति जनाउनुभएको छ । आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अदालतलाई नधक्याउन सचेत गराउनुभयो । एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छेले यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेको प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयो । न्यायधिस जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न नसुहाउने पनि उहाँले बताउनुभयो । आफूहरुले कहिल्यै न्यायपालिका विरुद्ध बोल्ने, नाराजुलुस गर्ने नगरेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । हिजो पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो कार्य फेरि कहिल्यै दोहोरिन नपाउने गरी ‘वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका थिए ।
यसैबीच, प्रधानमन्त्री ओलीले अब मुलुक निर्वाचनमय भएकाले तोकिएकै मितिमा निर्वाचन हुने दाबी पनि गर्नुभएको छ । हिजो काठमाडौं कमलादीमा आफ्नो पक्षका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएको र भनिएको मितिमा हुने दाबी गर्नुभयो । निर्वाचन हुनेमा अन्योल र भ्रममा नपर्न समेत उहाँले आग्रह गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here