काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसका साथै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १११ जना निको भएका छन्। यसका साथै कुल संक्रमितमध्ये हालसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भइसकेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट एक हजार ५५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
, नौ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ३४३ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये पुरुष ८०९ जना र महिला ५३४ जना छन्। हालसम्म देशभर १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here