रौतहट ।। रौतहटका व्यपारीहरु आन्दोलित बनेका छन् । जिल्लाको दुर्गाभगवती गाँउपालिका स्थितका पिपरा बजारमा गएराति इलाका प्रहरी कार्यलय गंगा पिपराको आगाडी बाट ३ वटा पसलहरुमा चोरी भएको भन्दै पिपरा बजारका व्यापारीहरु आन्दोलित भएका हुन्। इलाका प्रहरी कार्यलय गंगा पिपराको आगाडी बाटै ३वटा पसलहरु चोरी हुँदा समेत प्रहरी चुप लागेर बसेको भनि स्थानिय व्यापारी आन्दोलित भएका हुन्। गंगा इंटरप्रिजेज, धर्मेन्द्र मोबाइल पसल, मोहन कवाड़मा चोरी भएको बताइएको छ। स्थानीय ब्यापारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।