प्रदेश २ सरकारले आ.व. २०७७/७८ का लागी तयार पारेको वार्षिक कार्यक्रमहरुको विवरण हेर्दा लाग्छ कि यो प्रदेशमा एउटा मात्र मन्त्रालय र मन्त्री राखे पुग्छ । किनभने, मन्त्रालयको नाम मात्र अनेक तर सबै मन्त्रालयहरुको कामको चरित्र एउटै नै हुने हो भने, अन्य प्रदेशको तुलनामा त्यत्रो धेरै मन्त्री, अनावश्यक गाडी लगायतको मानवीय एवं भौतिक सुखसुविधाहरुको दुरुपयोग आखिर कहिलेसम्म र किन ?

प्रदेश सरकारको विभागीय मन्त्रालयहरुको क्षेत्राधिकार बारे नेपालको कानूनमा स्पष्ट व्यवस्था गरेको छ तर प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उद्योग मन्त्रालय, भौतिक मन्त्रालय, समाजिक विकास मन्त्रालय, कृषि मन्त्रालय लगायतका मन्त्रालयहरु कानून विपरीत बढीभन्दा बढी लुट – खसौट, कमिशन, भ्रष्टाचार र बेथितीको नयाँ – नयाँ कीर्तिमान खडा गर्दै एउटै चरित्रको कार्यक्रम जस्तै: मन्दिर – मस्जिद, सामुदायिक भवन, पोखरी सौंदर्य, गेट तथा कपाउण्डवाल जस्ता गैरउत्पादनशील (अनुत्पादक) क्षेत्रमा रुमलिएको देखिन्छ । प्रदेश सरकारको यी र यस्ता गलत रवैया एवं अपराधहरुले गर्दा आज सिङ्गो प्रदेश र सारा प्रदेशवासीको स्वभिमान, गौरव र गरिमामा खलल पुग्नुको साथसाथै अपमान एवं बदनामी समेत भैईरहेको छ । म माननीय मुख्यमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु, मानव विकास सूचकांकमा देशकैं सबैभन्दा पछाडि रहेको हाम्रो प्रदेश २ मा के यस्तै कार्यक्रमहरुले प्रदेशको सम्मान, समृद्धि र विकास सम्भव छ ?

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here