काठमाण्डौ ।।आइतबार बिहान तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ ।
मृगौलासम्बन्धी रोगबाट पीडित लामाको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा निधन भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिनुभयो । लामालाई निमोनिया भएपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
मकवानपुरको फाखेलका लामा नख्खु जेल विद्रोह गर्ने नेताका रुपमा चिनिनुहुन्छ । २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भागेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सांसद बन्नुभएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।