काठमाडाैं ।। नेपाल कम्युनिस्ट पार्टी नेकपामा आन्तरिक विवाद चलिरहेको बेला जनता समाजवादी पार्टी नेपाल (जसपा)ले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्न सुरु गरेको छ । नेकपाकै शीर्षस्थ नेताले प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दवाव दिइरहेका छन् । तर, प्रधानमन्त्री ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने भनिरहेको बेला जसपा नेपालले पनि लगातार सरकारको विकल्प खोज्ने विषयमा जोड दिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्व सरकारको विकल्प खोज्ने बेला भएको प्रतिक्रिया दिनुभयो ।कोरोना महामारी फैलिएको अवस्थामा सरकारले आफ्नो जिम्मेवारीपूर्वक कार्य गर्न नसकेकोे आरोप लगाउँदै यादवले यस्तो संकटको घडीमा सरकारले आफ्नो हात झिक्नु र पीसीआर सम्मको परीक्षण पनि निःशुल्क गराउन नसक्नु गैर जिम्मेवार काम भएको टिप्पणी गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here