एजेन्सी ।। भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढदै क्रममा रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ९२ हजार ६ सय ५ जनामा कोरोना भाइरसको संकमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसका साथै देशभर कोरोना संक्रमितको जम्मा संख्या ५४ लाख ६ सय १९ पुगेको छ ।
त्यसतै पछिल्ले २४ घण्टामा भारतमा कोेरोना संक्रमणका कारण ११ सय ३३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ८६ हजार ७ सय ५२ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ४३ लाख ३ हजार ४३ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने १० लाख १० हजार २ सय ८४ जनाको उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here