एजेन्सी ।। तपाईले आफ्नो फोन चलाउदा तातेको महसुस गर्नु भएको होला । धेरै जसो गर्मीमा फोन अत्याधिक तातिने गर्छ । चाहि फोन र्चाज गर्दा ,गेम खेल्दा , इन्टरनेट चलाउदा फोन तातेको महसुस हुन्छ ।
यदि तपाइको फोन तात्छ भने तल दिएको उपायहरुको प्रयोग गर्न सक्नु हुन्छ ।
घामबाट टाढा राख्ने
घाममा धेरै बेर सम्म फोनलाई छोड्यो भने स्मार्टफोनले घामको ताप लिने गर्दछ । यसले गर्दा फोन चल्नै छाडिदिन्छ ।
स्मार्टफोनले तापलाई धेरै बेर सम्म राखिरहने गर्दछ जसले गर्दा फोन अत्याधिक तात्तिने गर्दछ । त्यसैले हामीले स्मार्टफोनलाई घाममा छाडिदिनु हुदैन ।
स्क्रीनको ब्राईटनेस धेरै नबढाउने
स्मार्टफोनको स्क्रीनको ब्राईटनेस धेरै बढायो भने त्यसले ब्याट्री र प्रोसेसरलाई झन बढि काम गराउँछ र फोन तातिने गर्दछ ।
बाहिर उज्यालो ठाँउमा हेर्नुपर्यो भने स्क्रीनको ब्राईटनेस बढाउनु भन्दा फोनमा ग्लेर स्क्रीन लगाउँदा राम्रो हुन्छ ।
ब्याकग्राउन्ड एपलाई बन्द गर्ने
हेम बटन या ब्याक बटन थिचेर मात्रै एप बन्द हुदैन हामीले डिभाइसको रिसेन्टमा गएर एप बन्द गर्नुपर्छ । यस्तो गर्दा ती एपहरु ब्याकग्राउन्डमा पनि नचल्ने हुन्छन र स्मार्टफोनले पनि कम काम गर्नुपर्छ र फोन तात्तिदैन् ।
अत्याधिक तात्तेको बेला फोनको कभर हटाइ दिने
स्मार्टफोन अत्याधिक तात्तेको बेला फोनको कभर हटाइ दिनुपर्छ । फोनको कभरले तापलाई बाहिर जान बाट रोक्छ र अझै तताई दिन्छ । फोनको कभर हटाए पछि स्मार्टफोन छिटै चिसो हुन्छ ।
स्मार्टफोनलाई फ्रिजमा नराख्ने
धेरैले फोन छिटो चिसो हुन्छ भन् ठानेर फोनलाई फ्रिजमा राखिदिन्छन तर यसले उल्टै फोनलाइ गलत प्रभाव पार्ने गर्दछ ।
अचानक तापक्रम परिवर्तन हुदाँ फोनलाई नराम्रो असर पार्छ र भित्र चिसो पनि छिर्न सक्छ जस्ले फोनलाई बिगार्न सक्छ ।
मोबाइललाई सतहमा चार्ज गर्ने
हामी मध्ये धेरैले मोबाइल चार्ज ओछयान, सोफा आदि माथि राखेर गर्ने गर्छौ । यसले मोबाइल चार्ज गर्दा निस्किएको तातोलाई त्यही राख्छ र मोबाइल बढी तात्छ । यदि तातो नसर्ने काठ वा सम्म परेको भागमा राखेर चार्ज गर्दा तात्ने समस्यालाई कम गर्न सकिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here