मेरो अवस्था समान्य थियो तर मेरो दाईलाई १०१ डिग्री ज्वरो आएको थियो । ज्वरो एक हप्ता सम्म ठिक भएन पछि कोरोना लागेको संका हुन थाल्यो । त्यही सिलसिलामा एक दिन गौर नगरपालिकामा पिसिआर परिक्षण गराउन गए ।

धेरै जनाले गराईरहेको हेरेर मैले नि गराउन तयार भए त्यति बेला सम्म म पुरै समान्य अवस्थामा हामी दुबै दाजुभाइ स्वाब दिएर घर फर्के । रिपोर्ट नाआए सम्म हामी संगै घरमा बस्थे । ठिक दुईदिन पछि रिपोर्ट आउँदा दाईको रिपोर्ट निगेटिभ र मेरो पोजेटिभ आयो ।

अब के गर्ने म समान्य हुँदा मेरो पोजिटिभ र दाईको निगेटिभ देखेर म विभिन्न किसिमका प्रश्नहरु उठन थाले कि यो कसरी भयो ज्वरो दाईलाई लागेको थियो तर पोजिटिभ रिपोर्ट भाईको आयो । तर पनि त्यो दिनबाट म पुर्ण रुपमा घरको छतको एक कोठा(होम आइसोलेसन) बस्न थाले । १२ जना भएको घरमा पुरै परिवारको लागि एउटा मात्र ट्वाइलेट र एक मात्र खाने ह्यान्ड पाइपले ठूलो समस्या भयो ।

अब म संक्रमित र पूरा परिवारले कसरी एउटै ट्वाईलेट र एक मात्र हयान्ड पाइप कसरी प्रयोग गर्छु भनेर चिन्ता हुन थाल्यो । यतिले मलाई होम आईसोलेसनमा बस्नुको कुनै औचित्य नै भएन । तर के गर्नु स्थानीय सरकारले सुबिधा सहितको त कुरै छोडौ समान्य आइसोलेसन पनि नबनाएको खण्डमा बाध्यता घरमै बस्नु पर्यो । दिशा र पिसाब गर्न दिनभरिमा कम्तिमा ५/६ पटक सम्म टवाइलेट जान्थे र हयान्ड पाइप पनि प्रयोग गर्थे । हातमा लगाउन प्रयाप्त ग्लोभस पनि थिएन ।

यसो कहिले काहीँ सेनिटाइजर लगाएर जान्थे । जसको प्रतिफल कन्ट्राक्ट ट्रेसिङमा मेरो १२ वटा सदस्य रहेको परिवारमा ३ जनाको रिपोर्ट पोजेटिभ आए र अन्यको निगेटिभ । पहिला देखि होम आइसोलेसनमा बसेका साथीहरु संग विभिन्न माध्यमबाट राय सल्लाह लिएर तातो पानी, दुधमा बेसार हालेर, उमालेको अण्डा, राम्ररी पकाएको कुखुराको मासु, गुरगुज(ग्लोई) को झोल र भिटामिन बी कम्प्लेक्स खान थाले । साथै बेलुका र विहान गरि दुई समय शारीरिक व्याम पनि गर्न थाले ।

आज चार दिन भयो तर एक चोटि पनि मेरो अवस्था बुझ्न न कुनै डक्टर आए न फोन गरेर सोधे, म संक्रमितलाई कुन औसधि ठिक हुन्छ भने सल्लाह दिने त कुरै छोडौ । रहयो कुरा समाजिक नजरियाको यसको त कुरै नगरे पनि हुन्छ तर समाज भित्र लुकेर बसेका दुस्या प्रवृत्तिको उजार कसरी हुन्छ । समान्य हुँदा हजुर हजुर भने व्यक्ति कोरोना लाग्दा मुख हेरेर मुख छोप्ने गरेको पाईयो । कुरा गर्नु त परै जाओस् । फोनमा पनि कुरा गर्न छाडेका छन् ।

कति मेरा ईष्ट मित्रले जुन एक दिन संगै बसेर नास्ता गर्ने गर्थे । कोरोनाले एक चिजको पहिचान त खुब राम्ररी तरिका गराएका छन् । मुखमा राम-राम भन्ने र पिठ्युँ पछाडि गाली गर्नेको । म संग त यति सम्म हद भयो कि सधैं दूध दिने व्यापारीले दूध दिन पनि छोड दिनु भो । अरु के नै चाहियो र ! यसो कुनै कारण बस आमाबुबा, भाइ घर बाहिर निस्कनु हुन्थ्यो भने सबले उहाँहरुको मुखमा हेरेर भन्थे ए यिनकै छोरालाई कोरोना भएको छ भनेर एक आपसमा फुसुफुसु गर्थे ।

टोलका पसले वालाले सुरु-सुरुको दिनमा त भाइ समान किन्न जादा छैन भनेर फर्काउथे पछि मैले फोन गरेर भने म पनि यहि समाजको छु याद राख्नुस एक दिन तपाईलाई पनि काम लाग्न सक्छु भनेपछि फेरि त्यो दिनबाट समान दिन थाले । मैले यी चार दिनमै यति सम्म भोगी सके जुन म आफ्नो यो २४ वर्षको उमेर भोगेका थिएन । कोरोनाले गर्दा कुन आफ्नो हो कुन पराया हो चिने मौका पाए । अन्त्यमा मेरो हिसाबले कोरोना एक सरुवा रोग हो तर घातक भने होइन बुझे ।

हो यो घातक त्यति बेला हुन्छ जुन बेला कुनै विरामी रोगी जस्तै दमको विरामी, किडनीको विरामी, क्यान्सरको विरामी, मधुमेहको बिरामी आदि रोगले ग्रसित जुनसुकै उमेरको मान्छेको लागि बहुत घातक हो । तर युवा पिढिको लागि भने समान्य रोग हो हल्का नि चिन्ता लिनुपर्दैन । यसलाई कसरी एक ठूलो महामारीको रुपमा लिएको थाहा भएन । बस हामी हल्का सचेत भए भने यो रोग हाम्रो वरिपरिको त कुरै समाजमा नि प्रवेश गर्न सक्दैन ।

घर बाहिर निस्किदा अनिवार्य रुपमा माक्स लगाई निस्कने गरौं । साथै बजारमा हिड्दा, समान किन्दा भौतिक दुरी कायम गरौं । बेला बेलामा साबुन पनि ले राम्ररी हात धुने गरौं साथै सेनिटाइजर लगाउने गरौं । र कोरोना भगाउनमा मदत गरौं । अवस्य हाम्रो जित हुनेछ । डराउनु पर्दैन सहज र सचेत बसौं । पत्रकार आ रएन साह, गाैर

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here