काठमाडौं ।। नेपालमा कोरोनाबाट मृत्यु हुनेको १ सय २० पुग्यो पुगेको छ । चितवनको खैरेनी नगरपालिका गोठेश्वरका १ सय ८ वर्षीया बृद्धाको कोरोनाका कारण मृत्यु भए संगै जम्मा मृत्युकाे संख्या १ सय २० पुगेकाे हाे ।

पछिल्लो २४ घण्टामा काठमाडौं र बर्दियाका १/१ जना पुरुष, धरानमा २, चितवन, मकवानपुर र ललितपुरमा १/१ जना, बीरगञ्ज महानगरपालिका ४ निवासी ८४ बर्षीय बृद्ध र वडा नं १५ भिस्वा निवासी ५८ बर्षीय पुरुषको मृत्यु भएको हो ।

बीरगञ्ज महानगरपालिका ४ निवासी ८४ बर्षीय बृद्ध साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका बिर्ताका ८४ बर्षीय बृद्धको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको हो । त्यस्तै वीरगञ्जकै १५ भिस्वा घर भई नेपाल नेपाल टेलिकम वीरगञ्जमा कार्यरत ५८ वर्षीय कर्मचारीको मंगलबार दिउसो नै मृत्यु भएको अस्पतालले जनाएको छ ।सात देखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित वृद्धको अचानक अवस्था बिग्रिन थालेपछि नारायणी अस्पतालमा भर्ना गरी उपचार गरिरहेको अवस्थामा मंगलवार दिउँसो २ बजे मृत्यु भएको थियो ।

यसै गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीको धरान–१५ की ७१ वर्षकी बृद्धाको मृत्यु भएको छ । उनको क्वारेन्टाइन स्थलबाट स्वाब संकलन गरी साउन २३ गते कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनाको लक्षणहरु खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २४ गते भर्ना गरिएको थियो । ती महिलामा पहिलादेखि नै दम र मुटुको समस्या समेत थियो ।

यस अघि गएराति मात्रै प्रतिष्ठानमै उपचारका क्रममा मोरङको बुढिगंगा गाँऊपालिका वडा नम्बर– २ की ६७ बर्षीया महिलाको निधन भएको थियो । यस्तै, बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति मृत्यु भएका हेटौंडा उपमहानगरपालिका १ चौकीटोलकी ६१ वर्षका वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए ।

यस्तै, ललितपुरको पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया बृद्धाको आज विहान निधन भएको छ । मृतक भक्तपुर सुर्यविनायक निवासी हुन् । उता, चितवनको खैरेनी नगरपालिका गोठेश्वरका १ सय ८ वर्षीया बृद्धाको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । उनको हिजो मात्रै स्वाव संकलन गरी परीक्षणका लागि भरतपुर कोभिड अस्पताल पठाइएकोमा पोजेटिभ रिपोर्ट आएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here