जनकपुर ।। प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव कोरोनामुक्त भएका छन्। कोरोना संक्रमित भएको १५ दिनपछि पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको हो। मन्त्री यादवमा गत साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित भएको केहिदिन अघिमात्र उनी काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापासँगै बैठक बसेका थिए। जसका कारण प्रधानमन्त्री र गृहमन्त्रीको समेत पीसीआर परीक्षण गराएको थियो। कोरोनामुक्त भएका मन्त्री यादवले भोली ९बिहीबार० देखि मन्त्रालयको टेबलवर्क सुरु गर्ने बताए। उनले भने, ‘अहिले थेरै कामको चाप छ, त्यसैले काममा फर्किन्छु। तर उच्च सतर्कता अपनाउँछु।’
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।