काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना रहेका छन् । यस्तै देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै दशभरि कोरोना संक्रमितको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ७०० पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या १२० पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here