काठमाडौँ ।। काठमाडौँ उपत्यकामा आज राति १२ बजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनवटै जिल्लाका प्रहरी (महानगरीय प्रहरी परिसर) प्रमुख लगायत सम्वन्ध सुरक्षा अधिकारीहरूको हिजो साँझ बसेको बैठकले निषेधाज्ञा जारीको निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक अन्य सवारीको सञ्चालनमा निषेध गरिएको बताउनुभयो । निषेधाज्ञा आज रातिबाट शुरु भएर अर्को बुधवारसम्म रहने छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।