एजेन्सी ।। भारतमा पछिललो २४ घण्टमा थप ६४ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २७ लाख ६७ हजार २ सय ७३ पुगेको छ ।
केन्द्रय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ हजार ९२ जनाको कोरोना भाइरसको संक्रमणका ज्यान गुमाएका छन् । यो सँगै भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ५२ हजार ८ सय ८९ पुगेको छ ।
भारतमा जम्मा संक्रमित मध्ये २० लाख ३७ हजार ८ सय ७० जना उपचार पछि निको भएर घरफर्किएका छन् । जम्मा संक्रमित मध्ये ६ लाख ७६ हजार ५ सय १४ जना उपचाररत अवस्थामा रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।