काठमाडौं ।। नेपालमा आइतबार पछिल्लो २४ घण्टामा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेका छन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७५ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार १२८ पुगेको छ।
मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकभर ५ हजार ४ सय ४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। जसमध्ये प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १ हजार ८ सय७३जना, बागमती प्रदेशका ४४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५का ३५८ जना, कर्णाली प्रदेशमा ३६६जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८जना रहेका छन्।
क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ९०३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ४ सय ४०जनाको उपचार भइराखेको छ ।हालसम्म कोरोना संक्रमणबाट ४५ जनाको ज्यान गइसकेको मन्त्रालयले जनाएको छ।