रौतहट ।। रौतहट प्रहरीले विभिन्न ठाउवाट बरामद गरेको भन्सार छलीका समानहरु विहिवार जिल्ला प्रहरी कार्यालयले कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालय चलान गरेको छ ।
नेपाल भारतको खुल्ला सिमानाको फायदा उठाउदै सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी नियन्त्रण कार्य अन्तर्गत प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट परोहा नगरपालिका वडा नं.८ नरकटिया स्थितमा भारतबाट भन्सारछली चोरी पैठारी गरी BR-05W-1899 नम्बरको HF-Deluxe, BR-05Q-8972 नम्बरको Passion pro र ना.६ प(६०० नम्बरको YAMAHA कम्पनीको मोटरसाईकलहरुमा रहेको सामानहरु र मोटरसाईकल समेत अं.मुल्य रु१,८६,१८०(एक लाख छयासी हजार एक सय असी) बराबरको कष्टमेटिक र लत्ताकपडाहरु नेपालतर्फ ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि मोटरसाईकल सहित छाडी फरार भएकोमा टोलीले उक्त सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाईकल सहित मोटरसाईकलमा लोड रहेको कष्टमेटिक सर सामानहरु र लत्ताकपडाहरु बरामदी गरी यस कार्यालयमा दाखिला गरेको हँदा उक्तमोटरसाईकल लगायत सर(सामानहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताएका छन ।
एक लाख भन्दा बढीको सामान कार्यवाहिको लागि भन्सार चलान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।