रौतहट ।। ग्रामीण विकास केन्द्र रौतहटले जिल्लाको विभिन्न पालिकाहरुमाँ सञ्चालन रहेका क्वारेंटाइनहरुमा स्वास्थ्य सामग्री हस्तानान्तरण गरेका छन । रौतहट जिल्लाको १६ वटा नगरपालिका र २ वटा गाँउ पालिकाहरु मध्ये ४ वटा नगरपालिकाहरु राजपुर, परोहा, ईशनाथ र देवाही गोनाही नगरपालिकामा प्रवाशीहरुको लागि कोभिड १९ को प्रतिकार्यमा सरकारी क्षमता अभिबृद्धि परियोजनाले काम गरिरहेको छ ।
कतार च्यारिटी, इस्लामिक रिलिफ, स्टार्ट फण्डको सहयोगमा ग्रामिण विकास केन्द्र, लौकहा, रौतहट मार्फत संचालन भैरहेकोमा चार वटै नगरपालिकाहरुमा संचालन भैरहेको क्वारेनटाईन सेन्टरहरुमध्ये २० वटामा अस्थायी चर्पी र नुहाउने स्थान निर्माण गर्ने, २० वटा खुट्टाले प्रयोग गर्न मिल्ने हाथ धुने स्टेशन जडान गर्ने , क्वारेनटाईन सेन्टरहरुमा बस्ने ब्यक्तिहरुको लागि हाइजीन कीट, डिगनिटी किट, पिपिई तथा अन्य सरसफाई सामाग्रीहरु वितरण गर्ने कृयाकलाप संचालन भैरहेको सस्थाका अध्यक्ष पारस हुसैनले बताएका छन ।
आयोजक सस्थाले अहिले सम्म ५५६ जनालाई हाइजीन कीट, ३५ जनालाई डिगनिटी किट,२५ वटा पिपिई, ९ वटा क्वारेनटाईन सेन्टरहरुमा वाल्टीन, मग, लाइजोल, पियुष आदि अन्य सरसफाई सामाग्रीहरु वितरण गरेको अध्यक्ष हुसैनले जनाएको छ । १८ स्थानमा चर्पि निर्माणको कार्य भैरहेको र सम्पन्न हुने अवस्थामा रहेको तथा १५ स्थानमा खुट्टाले प्रयोग गर्न मिल्ने हाथ धुने स्टेशन जडान कार्य सम्पन्न भइसकेको र बाँकी ५ स्थानमा जडान हुने अवस्थामा रहेको सस्थाले जनाएको छ ।
आरडीसीले गरे स्वास्थ्य सामग्री हस्तानान्तरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।