काठमाडौं ।। नेपालमा आज बुधवार पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वरका अनुसार देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो।
बुधबारसम्म कोरोनाका १६ हजार चार सय २३ संक्रमित थिए। यो संख्या बढेर बिहीबार १६ हजार ५ सय ३१ पुगेको हो।
नेपालमा हालसम्म ७ हजार ८ सय ९१ जना उपचारपछि निको भएका छन्।
हाल ८ हजार ६ सय ५ जना आइसोलेसनमा छन्।
बुधबारसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here