एजेन्सी ।। अभिनेता सुशांत सिंह राजपुतको आत्महत्याको विषयमा केहि समय अगाडि बिहारको मुजफरपुरमा बलिउड अभिनेता सलमान खानसहित करण जोहर , एकता कपुर,सन्जय लिला भन्सालिविरुद्ध मुद्दा दायर गरिएको थियो ।
बिहारको अदालतले उक्त मुद्दा खारिज गरदिएको छ ।स्थानीय वकिल सुधिर कुमार ओझाले सुशान्त सिंहले माथि उल्लेखित मानिसहरुकै कारण आत्महत्या गरेको भन्दै मुद्दा दायर गरेका थिए।
मुजफरपुरका चिफ जुडिकल म्याजिस्ट्रेट मुकेश कुमारले यस विषय अदालतको कार्यक्षेत्र बाहिर रहेको बताउँदै मुद्दा खारेज गरेका हुन्।
निवेदन खारेज भएपछि ओझाले भने- म मुख्य अदालतको फैसलालाई जिल्ला अदालतमा चुनौती दिनेछु। सुशांतको मृत्यु पछि बिहार पीडामा छ। हामी हंसमुख केटाले यस्तो गाह्रो कदम चाल्न बाध्य पार्ने व्यक्तिहरूको पर्दाफास गर्न अगाडि आउनुपर्दछ

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here