रौतहट ।। कोभिड १९ रोगबाट नेपाल अन्तीम चरणमा गुजरी रहेको अवस्थामा भारत लगायतका अन्य देशबाट आएका नागरिकलाई कोरोन्टाईन राख्न भ्याई नभ्याई रहेको छ ।
सरकारले विश्व स्वास्थ्य संगठनको माप दण्ड अनुसार काेरेन्टाईनको व्यवस्थापन गर्नु पर्ने भनिएपनि गाउँ गाउँमा स्थापना गरिएको अव्यवस्थित कोरेन्टाईनमा गाई भैसी जस्ता खोच्दै जादाँ कोरेन्टाईन भित्र अनेकौ समस्याहरु उत्पन्न भईरहे पनि नेपाल सरकार कानमा तेल ही सुतेका छन् ।
उदहारणको लागि रौतहटको एक स्थानिय तहले स्थापना गरिएको कोरेन्टाईनमा करिव १ सय २० देखि १ सय ३० जना रहेका छन् तर व्यस्थापन भन्नेको एक कोठामा ११—१२ जना सम्म बस्दै आएको, बेडको व्यवस्था नहुदाँ भुई मैं आफ्नो आफ्नो घरबाट ओढने ओछयाउने मगाएर सुत्ने गरेको एक जना कोरेन्टाईनमा बस्नेको भनाई रहेको छ ।
उहाँका अनुसार, खाना गुणस्तरहीन तथा पानी हैंड पाइप बाट आफै प्रयोग गर्नु पर्ने अवस्था, शौचालयको संख्या न्यून, प्रयोगकर्ता अधिक रहे ता पनि सरसफाई प्रायः शून्य रहेको छ । ७ देखि १० जना महिला रहेको उक्त कोरेन्टाईनमा श्रीमती नुहाउदा श्रीमान गार्ड बस्नु पर्ने अवस्थामा कसरी बस्ने कोरेन्टाईनमा भन्ने प्रश्न उनको रहेको छ ।
यो एउटा प्रतिनिधि मुलक घटना मात्र हो, प्रायः रौतहट जिल्लामा स्थापना गरेका प्रत्येक कोरेन्टाईन आवस्था यस्तै रहेको छ । कोरेन्टाईनमा रहेकाहरु मध्ये कोरोना पोजेटीभ भएपनि सवै संगै बस्दै आएका र पोजेटीभलाई आईसुलेसनमा लगि सक्दा पछि कोठा सेनिटाईज गर्नु पर्ने भएपनि त्यस्तो नभएको प्रायः सवैको गुनासो रहेको छ ।
जिल्ला दैविप प्रकोप उदार समिति रौतहटमा करोडौ रकम जम्मा रहेपनि अहिलेको महाविपदको समयमा कोरोनाबाट बचाउन हाल सम्म कुनै ठोस व्यवस्थापन गरिएको कतै पाएका छैन् । सरकारले जनतालाई बचाउनु पर्ने जिम्मेवारीले देषि हुन स्वभाविक भए पनि कोरेन्टाईनमा बस्ने नागरिक पनि त्यतिनै दोषी भएको देखिन्छ । कोरोनाबाट बच्न संसार भरी व्यापक प्रचार प्रसार भए पनि कोरेन्टाईनमा बस्ने शंकास्पद नागरिकहरुले यस महामारीलाई मजाकको रुपममा लिदाँ झन समस्याहरु थपीदै गएको छ ।

कसैले पनि कोरोनालाई सिरियस लिएको देखिदैन् त्यसकारण रौतहट गाउँ गाउँमा कोरोना पस्ने सभावना बढी रहेको छ । कोरेन्टाईनमा बस्नेहरु संग दिन दिनै घरको सदस्यहरु भेटन आउनु र झ्यालबाट कुराकानी गरिने, घरबाट थालीमा ल्याएको खाना खानु र त्यो थाली घर पठाउने, मोबाईल घरबाट चार्ज गराउनु, कपडा सफा गराउन घर पठाउनु जस्ता क्रियाकलापले कोरोना गाउँ पस्ने की न पस्ने ?

प्रायः कोरेन्टाईनमा बस्नेहरुको परिवारका सदस्यहरुको भेटघाट सहजरुपमा हुदै आएकोले सचिकै कोरोना गाउँ गाउँमा पसेको छैन् त ? भन्ने प्रश्न उव्जेको छ । सवै स्थानीय सरकारहरुले भन्दै छ, हामी व्यवस्थित कोरेन्टाईन संचालन गर्दै आएका छौ तर कहि कतै व्यवस्थीत कोरेन्टाईनको व्यस्थापन भएको देखिदैन् ।
यस प्रति सवै सरोकारवाला तथा आमनागरिकको ध्यान जान जरुरी रहेको छ । सवै आफै सर्तक हुनु पर्ने अवस्थामा स्थानीय सरकारले स्थापना गरेको कोरेन्टाईनको अवस्था यस्तै हो भन्ने, कोरेन्टाईन खाली गरि होम कोरेन्टाईनमा बस्न स्थानीय प्रशासनले व्यस्थापन गर्नु पर्ने देखिन्छ । यस्ता तालले कोरोनाको लडाई लडि रहयो भन्ने रौतहटमा हजारौको संख्यामा कोरोना संक्रमित हुने सम्भावना धेरै रहेको विज्ञयहरुले अनुमान गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here